भूकम्पपीडितलाई अब जग्गा किन्न अनुदान
डेढ वर्ष बित्न लाग्दा पनि भूकम्पपीडितले घर बनाउने रकम पाएका छैनन् । यहीबीच सरकार पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाउँदै छ । भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको हो । आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले जानकारी दिए ।
‘पीडितलाई कतिसम्म अनुदान दिने भन्ने तय गर्न कार्यविधि बन्दै छ,’ ज्ञवालीले भने, ‘जसको घर बनाउन जग्गा उपयुक्त छैन उनीहरूलाई जग्गा किन्न अनुदान दिन लागिएको हो ।’
घडेरी खरिदका लागि दुई लाख अनुदान दिइने आफ्नो
जग्गामा घर बनाउन नसक्ने पीडितलाई अर्को घर बनाउने घडेरी खरिदका लागि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरी कार्यविधि बनाउन लागिएको छ ।
मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि त्यस्ता पीडितलाई जग्गा किन्न अनुदान वितरण सुरु हुने ज्ञवालीले जानकारी दिए । ‘कार्यविधि स्वीकृत भएपछि घर निर्माणका लागि जग्गा किन्न अनुदान दिने हाम्रो योजना हो,’ उनले भने ।
मर्मत मात्रै गर्नुेपर्ने घरका लागि छुट्टै ५० हजार
भूकम्पले आंशिक क्षति भएका पीडितले घरको रेट्रोफिटका लागि ५० हजार रुपैयाँ पाउने भएका छन् ।
यसका लागि कार्यविधि तयार भइरहेको सिइओ ज्ञवालीले जानकारी दिए । ‘घर रेट्रोफिट गर्न पीडितलाई ५० हजार दिन कार्यविधि तयार भइरहेको छ,’ उनले भने, ‘आंशिक क्षति भएका पीडितलाई यो रकम दिन खोजिएको हो ।’
यसका लागि निर्देशक समितिबाट निर्णय भइसकेको पनि उनको भनाइ छ।
गुठीको जग्गामा रहेकाले पनि पैसा पाउने
संसद्को विकास समिति बैठकमा रसुवाका सांसद जनार्दन ढकालले प्रश्न गरे, ‘धेरै भूकम्पपीडित गुठीको जग्गामा छन्, कति बिर्ता, मोही र सुकुम्बासीको रूपमा छन्, उनीहरूले आवास बनाउन अनुदान पाउने कि नपाउने ?’ त्यसको जवाफ दिँदै ज्ञवालीले गुठीलगायतका समस्या दुई महिनाभित्र सक्ने प्रतिबद्धता जनाए । ‘गुठीको जग्गामा रहेकासँग गुठी संस्थानकै सिफारिसका आधारमा दुई महिनाभित्र अनुदान सम्झौता हुनेछ,’ उनले भने, ‘अरू समस्या पनि अब क्रमशः समाधान गर्दै जानेछौँ । वास्तविक पीडित सबैले पाउनेछन् ।’ नयाँपत्रिकाबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

