अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खादाँ मृत्यु तथा बेहोस
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार अपरिचित व्यक्तिले दिएको पेय पदार्थ खाँदा सल्यान घर भएका शितल रानाको मृत्यु भएको छ भने सल्यान काभ्रा–३ बस्ने ३० बर्षीय बिर बहादुर राना बेहोस भएका छन् । कोहलपुर नगरपालिका–६ स्थित गोल्छा भन्ने स्थानमा विहिबार शितल रानालाई मृत अवस्थामा र बिर बहादुर रानालाई बेहोश अवस्थामा फेला पारिएपछि प्रहरीले बेहोश बिर बहादुर रानालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा होशमा आएका थिए ।
निजले बताएअनुसार दुवै जना भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गर्दा आफुलाई कोहलपुरका हौं भनि बताउने अपरिचित ३ जना व्यक्तिले नाम नखुलेको होटेलमा लगी पेय पदार्थ (कोक) खुवाएको र सो पश्चात दुवै जना बेहोश भएको र दुवै जनाको साथमा रहेको नगद १२ हजार रुपैयाँ, मोबाईल थान २ र कपडा रहेको झोला समेत लुटपाट भएको बताएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

