Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

आर्मस्ट्रङसँगै चन्द्रमा पुगेका अल्ड्रिन आज नेपाल आउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, २०
आर्मस्ट्रङसँगै चन्द्रमा पुगेका अल्ड्रिन आज नेपाल आउँदै

४७ वर्षअघि चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन सोमबार काठमाडौं आउादै छन् । उनले मंगलबार सुनसरीको अमाहीबेल्हा सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरको अवलोकन गर्दै छन् । अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पााच दिन नेपालमा रहनेछ । मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्ड्रिन, नासाका अध्यक्ष एलिजाबेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि छन् ।

अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्र्रियामा आफ्ना अनुभव राख्नेछन् । एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलीप अधिकारीका अनुसार २४ भदौ साँझ अल्ड्रिनको टोली अमेरिका फर्कनेछ । अन्तरिक्षयात्रीहरूको अनुभव सुनाउन करिब पााच हजार जनालाई साइन्स सेन्टरमा प्रबन्ध मिलाइएको अध्यक्ष अधिकारीले बताए ।

को हुन् अल्ड्रिन ?

सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्ट्रङको नेतृत्वमा नासाको टोली चन्द्रमा पुगेको थियो ।

टोलीमा बज अल्ड्रिन र माइकल कोलिन पनि थिए । तीन यात्रीमध्ये निल आर्मस्ट्रङको निधन भइसकेको छ भने अल्ड्रिन र माइकल जीवित छन् । अपोलो ११ अन्तरिक्ष अभियानमा चन्द्रमामा पाइला राख्नेमा आर्मस्ट्रङ र बज अल्ड्रिन थिए । माइकल कोलिन यानका चालक थिए । चन्द्रमाको धरातलमा उत्रादा प्रयोग गरिएको टेक यन्त्रका चालक अल्ड्रिन थिए ।

Top Changing Nepal

युट्युब सट्स