नास्टमा दोस्रो ” इन्भिजन- लाइफ साइन्स एण्ड मेडिसिन” भेला सम्पन्न
द वर्ड एकेडमी अफ साइन्सको संगको सहकार्यमा , काठमान्डाै सेन्टर फर जिनोमिक्स एन्ड रिसर्च लाइब्रोटरीको अायोजना ,न्युरोसाइन्स सोसाइटी अफ नेपाल, र इन्टरनेशनल जर्नल अफ माइक्रो बायोलोजी एण्ड अलाइड साइन्स , माइक्रोबायोलोजी वर्ड एण्ड मेनका इन्टरप्राइजेज को समर्थनमा शुक्रवार बिहान १० बजे देखि बेलुका ४ . ३० सम्म नेपाल एकेडमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)मा “इन्भिजन – लाइफ साइन्स एण्ड मेडिसिन -२” नामक मिनि गोष्टि भएको छ । उत्त गोष्टिमा वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, विद्वान र विद्यार्थीहरू सक्रिय रहन तथा विभिन्न पक्षमा संलग्न छलफल र ज्ञान फैलाउनका साथै जैविक र चिकित्सा विज्ञानका बारेमा छलफल भएको छ । यस छलफलमा सम्बन्धित वैज्ञानिक हरू सहभागि भइ अनुसन्धान डाटा र निष्कर्ष अद्यावधिक र सहयोगिहरु बाट प्रतिक्रिया प्राप्त गरीएको छ ।
प्रमुख अतिथि नास्टका भ्वाइस चान्सलर प्रोफेसर डा. जिवराज पोखरेल द्वारा उद्घाटन गरिएको दोस्रो ” इन्भिजन- लाइफ साइन्स एण्ड मेडिसिन” भेलामा झण्डै १ सय ५० जनाको सहभागिता रहेको थियो ।
उत्त भेलामा गाब्रेइले मल्लपाटीले “प्रयोगशाला गुणस्तर व्यवस्थापन प्रणाली – द रोड टु हाइ कवालिटि सर्भिस का बारेमा”, डा. समिर मणि दिक्षितले ” नेपालमा हेपाटाइटिस बि र सि को अध्यायनका बारेमा” , इमाल्कि करियावासाम ले ” कोशिकाजननप्रकरण र आणविक कोशिकाजननप्रकरण गुणसूत्रको असामान्यता को विश्लेषण “, हरि कृष्ण सैंजुले “संयत्र जैव विविधता, आनुवंशिक संसाधन, टिशू कल्चर र नेपालमा यसको उपयोगका बारेमा” डा. सुनिल ढुङ्गेलले ” अल्फाकन्फेक्सन एण्ड न्युरोअल फाउन्डेशन अफ सोसियल रिकोक्गनेशन : होवेर डु अक्सिडोसन स्टान्ड ” का सम्बनधमा, श्याम कुमार मिश्र ले ” अफेन्सिभ बक्स बट नो ड्रक्स एण्ड इमर्जिङ्ग क्राइसेस ” विषयमा, यस्तै गरेर उद्धव तिमिल्सिनाले “डेभलोव्भमेन्ट अफ पोटेन्ट सेकेण्ड जेनेरेशन एचअाइ भि- १ माटुरेशन एण्ड हेभिटर्स ” बारेमा , र डा.वसन्त पन्तले ” रि एनोभिटिङ्ग साइन्स टु एड्रेस द लोकल निड्स”को विषयमा स्पष्ट पारेका थिए ।
जस बाट ज्ञान को प्रवर्द्धनमा सहयोग पुग्नुका साथै अनुसन्धानका समस्या विश्वव्यापी बनाउन मद्दत पुग्ने कार्यक्रम संयोजक संदिप थापा ले जानकारी केन्द्रलाइ बताउनु भएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

