गौरमा मदिरा भट्टी नष्ट र संचालक पक्राउ
जानकारी केन्द्र
२०७३, आश्विन, ३
रौतहट । असोज २ गते । नेपाल प्रहरीको गस्ती टोलीले आज सदरमुकाम गौर नपा वार्ड नं १२ पुरेनवा स्थित बास घारीमा अबैध रुपमा संचालित घरेलु मदिरा भट्टी नष्ट गरेको छ । बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिगएको प्रहरी टोलीले अबैध मदिरा भट्टीसंगै तयारी मदिरा अन्दाजी २५ लिटर, ड्रम थान १, मदिरा बनाउने मेशिन एक थान सहित मदिरा भट्टि संचालक स्थानीय बर्ष ४५ को बलि राय यादबलाई पक्राउ गरेका छन । पक्राउ यादवलाई सार्वजनिक मुद्दामा म्याद थपि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अबैध मदिरा भट्टी कहि कतै संचालनमा रहेको थाहा पाउने जो सुकैले प्रहरीलाई सुचना दिन सक्छ, सुचना दिनेको नाम गोप्य रहने प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले सर्वसधारणलाई अपिल गर्नुभएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

