निर्वाचन अवधिभर मदिरा बिक्रिमा रोक
काठमाडौँ । सरकारले फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै आजदेखि निर्वाचन अवधिभर मदिरा बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान मितिभन्दा सात दिनअघि लागू हुने व्यवस्था बमोजिम यो रोक अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म कायम रहनेछ ।
निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाइएको छ । फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रुपमा बन्द गरिने बताइएको छ भने आचारसंहिता कडाइका साथ लागू हुनेछ ।
त्यस्तै,फागुन २० गते १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा तथा पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ । एम्बुलेन्स,दमकल,शववाहन,सुरक्षा निकाय,विद्युत,खानेपानी र दूरसञ्चार मर्मतका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिइने सरकारले बताएको छ ।
सरकारले आम नागरिकलाई नियमको पालना गर्दै शान्तिपूर्ण रुपमा मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
