प्रधानमन्त्री प्रचण्डको विरोध गर्दै बाबुराम धर्नामा
काठमाडौं, १४ असोज । नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गर्दै आज धर्ना गरेको छ ।
शुक्रबार काठमाडौंको भद्रकालीमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा धर्ना भएको हो । राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भन्दै गरिएको धर्नामा संयोजक डा. भट्टराईसहितका शीर्ष नेताहरुको सहभागीता रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला नेपाल–भारतवीच भएको २५ बुँदे संयुक्त हस्ताक्षरको ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको आरोप लगाएको छ ।
धर्नालाई सम्बोधन गर्दै संयोजक डा. भट्टराईले उक्त सम्झौताहरु कार्यान्वयन भए नेपाल भुटानीकरण बन्ने खतरा रहेको औंल्याए । उनले अघि थपे, ‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको छ ।’
त्यस्तै नयाँ शक्ति पार्टीले प्रमुख तीन दलवीच ईलाकालाई नै स्थानीय तह बनाउने सहमतिको पनि कडा विरोध गरेको छ । उसले भनेको छ,‘ तीन दलको सहमति प्रतिगामीे छ, यो सच्याउनुपर्छ ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

