कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको हो।
यसअघि कम्पनीले ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। जारी कुल आईपीओमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपाल ले “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सम्हालेको जनाइएको छ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


