बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले मंगलबार काठमाडौं स्थित बानेश्वर र सीतापाइलामा आफ्नो हिरो मापदण्ड अनुसारको नयाँ डिलरको अत्याधुनिक शोरुमको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी मोटर्सका व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हिरोको नयाँ शोरुम मार्फत ग्राहकहरुले हिरोका नवीनतम् प्रविधि जडित मोटरसाइकल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै आधुनिक विक्री सेवा, जेन्युइन स्पेयर पार्ट्स, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै डिलर प्रितिनिधिहरुले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो उपलब्धि भएको र नयाँ शोरुमको सुरुवातसँगै अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरीय अनुभव प्रदान गर्नमा प्रतिबद्ध भएको बताए ।
उद्घाटन अवसरमा विशेष आकर्षणको रुपमा नयाँ बाइक तथा स्कुटर प्रदर्शन, टेस्ट राइड सुविधा, ओपनिङ अफर, उपहार तथा क्यासब्याक योजना र एक्सचेन्जको राम्रो सुविधा प्रदान गरिएको थियो ।
हिरो मोटोकर्प नेपालले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो तथा इन्धन किफायती दुईपांग्रे सवारी साधन उपलब्ध गराँउदै आएको बताएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले ग्राहकहरुको पहुँच अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको जनाएको छ ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

