संसदमा दर्ता भएको महाअभियोग “मधेश मुद्दालाई ओझेल पार्ने प्रोपागन्डा मात्र” :- अध्यक्ष झा
रोशन पोखरेल , राैतहट
मधेश मुद्दालाई सम्बोधन गर्न संसदमा संविधान संशोधन प्रस्तावलाई ओझेलमा पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विरुद्ध ल्याइएको महाअभियोगबाट वर्तमान सरकारको चरित्र छलंग भएको छ । मधेशको एजेण्डालाई तुहाउने दुष्प्रयास गरेका वर्तमान सरकारलाई दिदै आएको समर्थन संघिय मधेशी मोर्चाले फिर्ता लिन सक्ने संकेत दिदै नेपाल सदभावना पार्टीको रौतहटको गौरमा ३ दिन सम्म चलेको केन्द्रीय कार्य समितिको विस्तारित बैठकको समापन पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष अनिलकुमार झाले नेसपा एवं संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्धारा मधेश आन्दोलनको बिषयमा सरकार उदासिन रहेकोमा मोर्चाद्धारा सरकारलाई दिदै आएको समर्थनलाई फिर्ता लिनको लागि मोर्चामा दबाव सृजना गर्ने बैठकमा जोडदार रुपमा आवाज उठेको बताए । देशको राजनितीक निकासको मार्गचित्र, षडयन्त्रपूर्ण स्थानीय निकाय पुर्नसंरचनाको प्रस्तावको विरोध, राजनितीक दल एवं निर्वाचन आयोग सम्बन्धि संसदमा विचारधिन विधेयकमा निहित दराशय, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एवं संघिय गठबन्धन संगको सहकार्य तथा भावी रणनिती सम्बन्धमा अगाडी बढाउने बैठकले पार्टीलाई अगाडी बढाउने दिशानिर्देश गरेको बताए । विभिन्न राजनितिक दलहरुको सहकार्य तथा संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विरुद्धको महाअभियोगले मधेश एजेण्डालाई ओझेलमा पार्न षड्यन्त्र एवं प्रोपगण्डाको संज्ञा दिएको यसबाट मधेशवादी दलहरुले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिई मधेश आन्दोलनको जगलाई अगाडी बढाउनु पर्ने आवाजहरु उठेको अध्यक्ष झाले स्पष्ट पारे । पार्टी महासचिव श्रीमन्नारायण मिश्रद्धारा प्रस्तुत संगठन प्रस्ताव सम्बन्धि अगामी कार्ययोजना एवं पार्टीको् छैठो महाधिवेशन पश्चात हाल सम्म संघिय कार्य समितिद्धारा सम्पादित कार्यहरुलाई अनुमोदन गरिएको पार्टी प्रवक्ता एवं साँसद डा. डिम्पल झाले जानकारी दिए । ३ दिन सम्म चलेको विस्तारित बैठकमा केन्द्रीय समिति सदस्य गरी १४५ जनाको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

