ट्रक दुर्घटना हुँदा चालकको निधन
काठमाडौं । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुल नजिक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरस्थित निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री बोकेर गइरहेको ट्रक गएराति दुर्घटनामा परेको हो। दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय दलबहादुर बर्तौलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बगुवा खोलामा डुबेको ट्रकलाई यान्त्रिक उपकरणको सहायताले गएराति नै बाहिर निकालिएको थियो। चालक बर्तौलाको शव ट्रकको चालक सिटमै फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए।
ट्रकका सहचालक भने दुर्घटनाअघि नै ट्रकबाट हामफालेर सकुशल ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
