विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्यो नयाँ पोर्टेबल पार्टी स्पिकर
काठमाडौं । विश्वकप फुटबलको माहोल विश्वभर तातेका बेला उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नेपाली बजारमा नयाँ पोर्टेबल पार्टी स्पिकर ‘टीपी २००के’ र ‘टीपी ३००के’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार शक्तिशाली ध्वनि प्रणाली, आकर्षक प्रकाश प्रभाव तथा आधुनिक जडान सुविधासहित यी स्पिकर खेलप्रेमी तथा मनोरञ्जनका पारखीलाई लक्षित गरी डिजाइन गरिएका हुन्। फुटबल समर्थकका लागि खेल हेर्नु मात्र नभई त्यसको माहोल अनुभव गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले घरमै रंगशाला जस्तै ध्वनि र ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘टीपी २००के’ पारिवारिक जमघट, घरेलु खेल अवलोकन तथा साना मनोरञ्जनात्मक कार्यक्रमका लागि उपयुक्त रहेको छ। यसमा २२० वाट ध्वनि क्षमता, १२ घण्टासम्म ब्याट्री सञ्चालन समय तथा पाँच प्रकारका प्रकाश प्रभाव मोड उपलब्ध छन्। त्यसैगरी, अझ शक्तिशाली ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि ‘टीपी ३००के’ मोडल ल्याइएको कम्पनीले जनाएको छ। यसमा ३४० वाटसम्म ध्वनि क्षमता, गहिरो बास, १८ घण्टासम्म सञ्चालन समय तथा आठ प्रकारका प्रकाश प्रभाव मोड समावेश छन्।

दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक र पानीको सामान्य छिटाबाट सुरक्षित रहने सुविधा उपलब्ध छ। साथै, दुईवटा स्पिकरलाई ताररहित रूपमा जडान गरी थप फराकिलो ध्वनि अनुभव लिन सकिने कम्पनीको दाबी छ। माइक्रोफोन तथा गिटार जडान सुविधाले कराओके र प्रत्यक्ष सांगीतिक प्रस्तुति सञ्चालन गर्नसमेत सहज बनाउने बताइएको छ।
विश्वकप फुटबलको उत्साह, संगीत र मनोरञ्जनलाई एकै स्थानमा समेट्ने उद्देश्यसहित यी स्पिकर नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ। साथीभाइसँगको फुटबल अवलोकन, पारिवारिक कार्यक्रम वा अन्य मनोरञ्जनात्मक जमघटका अवसरमा यी स्पिकर उपयोगी हुने कम्पनीको विश्वास छ। टिसिएल विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डमध्ये एक हो। नेपालमा एयर कन्डिसनर, टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा अन्य विद्युतीय उपकरणमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई नेपालमा सीजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


