संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र आइएमएसले व्यवसायी तथा संस्थागत ग्राहकलाई लक्षित गर्दै ‘इन्टरप्राइज भुक्तानी समाधान’ सार्वजनिक गरेका छन्। नयाँ समाधानमार्फत व्यवसायीहरूले आफ्नै आन्तरिक भुक्तानी प्रणालीबाट विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राहीलाई सिधै डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्।
इसेवा र आइएमएसबीचको सहकार्यले आइएमएसको संस्थागत व्यवस्थापन क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै भुक्तानी प्रक्रियालाई थप छिटो, सहज र सुरक्षित बनाउने लक्ष्य लिएको छ।
कम्पनीका अनुसार उक्त समाधानले चेकमा आधारित कारोबारमाथिको निर्भरता घटाउनुका साथै म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समय र जटिलता कम गर्न सहयोग गर्नेछ। यसबाट व्यवसायीहरूले वित्तीय कार्यप्रवाहमा पारदर्शिता कायम राख्दै भुक्तानी प्रक्रियामाथि प्रभावकारी नियन्त्रण गर्न सक्ने विश्वास गरिएको छ।
हाल सञ्चालनमा रहेका प्रणालीबाटै सिधै डिजिटल भुक्तानी गर्न सकिने भएकाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले अतिरिक्त प्रक्रिया अपनाउनुपर्ने आवश्यकता नपर्ने जनाइएको छ। यसले समय र सञ्चालन खर्च बचत गर्नुका साथै मुख्य व्यावसायिक गतिविधिमा केन्द्रित हुन मद्दत पुग्ने कम्पनीको दाबी छ।
इसेवा र आइएमएसले यो सहकार्यले संस्थागत भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्नुका साथै नेपाली व्यवसायलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रविधि र विभिन्न भुक्तानी सुविधालाई एउटै कार्यप्रवाहमा समेट्दै व्यवसायीलाई थप सहज, प्रभावकारी र भरपर्दो भुक्तानी अनुभव प्रदान गर्ने लक्ष्य दुवै कम्पनीको रहेको छ।
दुवै संस्थाले आगामी दिनमा पनि उद्यमी तथा संस्थागत ग्राहकका लागि नवीन, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी समाधान विकास गर्दै व्यावसायिक प्रक्रिया थप सरल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


