काठमाडौं । नेपालका लागि टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय स्कुटर टिभीएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ रंग संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ।
नयाँ भेरियन्टको औपचारिक सार्वजनिक कार्यक्रम बिहीबार ९१८ जुन २०२६० बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले गरेका थिए।
कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी, ५० भन्दा बढी कन्टेन्ट क्रिएटर तथा मोटो भ्लगर, ग्राहक र टिभीएसप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ। सहभागीहरूले नयाँ ब्लेज ब्लु संस्करणको डिजाइन, विशेषता तथा रेसिङ प्रेरित व्यक्तित्वलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए।
कम्पनीका अनुसार टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ विशेषगरी स्टाइल, उच्च प्रदर्शन र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरलाई लक्षित गरी ल्याइएको हो। आकर्षक ब्लेज ब्लु रंग, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन तथा दमदार रोड प्रेजेन्सले स्कुटरलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ।
टिभीएस रेसिङबाट प्रेरित प्रविधि समावेश गरिएको यस स्कुटरले बोल्ड डिजाइन र उच्च प्रदर्शनका कारण युवामाझ छुट्टै पहिचान बनाएको कम्पनीको भनाइ छ। साथै, प्रतिलिटर करिब ५० किलोमिटरको प्रमाणित माइलेज र आजीवन वारेन्टी जस्ता सुविधाले ग्राहकलाई मितव्ययी तथा विश्वसनीय स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभीएस एनटर्कले सधैं प्रदर्शन, प्रविधि र आकर्षक शैली खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध कायम राख्दै आएको बताए। नयाँ ‘ब्लेज ब्लु’ संस्करणले एनटर्कको पहिचानलाई अझ सशक्त र उत्साहजनक रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै उनले आफ्नो सवारीमार्फत फरक पहिचान बनाउन चाहने राइडरका लागि यो उपयुक्त विकल्प हुने बताए।
कम्पनीका अनुसार उक्त कार्यक्रम नयाँ रंग संस्करण सार्वजनिक गर्ने अवसरमा मात्र सीमित नभई टिभीएस एनटर्कको रेसिङ भावना, युवा ऊर्जा र आधुनिक स्कुटरिङ अनुभवलाई प्रस्तुत गर्ने माध्यम पनि बनेको थियो।
जगदम्बा मोटर्सले टिभीएस ब्रान्डमार्फत नेपाली बजारमा युवा पुस्ताको बदलिँदो आवश्यकता अनुरूपका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले देशभर फैलिएको आफ्नो आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकले नजिकैको टिभीएस शोरुममा गई नयाँ टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ सम्बन्धी मूल्य, उपलब्धता तथा अन्य जानकारी प्राप्त गर्न सक्ने जनाएको छ।


