पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
काठमाडौं । नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति (अपग्रेड) गर्ने क्रममा इन्टरनेट, टेलिफोन तथा एनटीटीभी सेवा अस्थायी रूपमा प्रभावित हुने जनाएको छ। टेलिकमले सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिका लागि निर्धारित समयावधिमा सम्बन्धित क्षेत्रमा सेवा अवरुद्ध हुन सक्ने जनाएको हो।
कम्पनीका अनुसार असार ८ गते सोमबार राति १० बजेपछि आदर्शनगर, गणेशमान चोक, मालपोत कार्यालय, त्रिजुद्ध स्कुल, अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा कार्यालय तथा आसपासका क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ।
यस्तै, असार ९ गते मंगलबार राति १० बजेपछि लिङ्क रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी आसपास, भानु चोक, ब्रह्मा चोक, रामटोल तथा बाइपास रोड आसपासका क्षेत्रमा इन्टरनेट, टेलिफोन र एनटीटीभी सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।
असार १० गते बुधबार राति १० बजेपछि प्रसूति गृह, नारायणी अस्पताल, ब्लड बैंक आसपास, बिर्ता माई मन्दिर, हनुमान मन्दिर तथा छपकैया आसपासका क्षेत्रमा पनि सेवा प्रभावित हुने जनाइएको छ।
त्यसैगरी, असार ११ गते बिहीबार राति १० बजेपछि प्रतिमा चोक, मुरली चोक, कृषि औजार कारखाना आसपास, तेजारथ टोल, मुरली बगैँचा, पावर हाउस चोक, गण्डक आसपास, नेशनल ट्रेडिङ तथा नेपाल टेलिकम प्रादेशिक कार्यालय आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुन सक्नेछ।
टेलिकमका अनुसार असार १३ गते शनिबार बिहान ५ बजेपछि माइस्थान आसपास, महावीर गल्ली क्षेत्र, नेपाल टेलिकम घण्टाघर तथा रेडक्रस आसपासका क्षेत्र, श्रीपुर, रानीघाट, रामगढवा लगायतका क्षेत्रमा पनि सेवा प्रभावित हुन सक्नेछ।

सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
