छक्कापञ्जा हेर्न युएईमा पनि दर्शककाे भिड
जानकारी केन्द्र
२०७३, कार्तिक, २७
शिवलाल भुसाल , अावुधावि यु ए ईनेपाली सिनेमा जगतमा अत्याधिक व्यापार गरेकाे सफल फिल्म छक्कापञ्जाकाे शुक्रवारकाे पहिलो शो युएईकाे अावुधावि मुसफामा रहेकाे अलसफिर मल सिनेमाहलमा छक्कापञ्जा हाउसफुल भएको हो ।हल हाउसफुल भएपछि टिकट नपाएर अाधा भन्दा धेरै दर्शक निरास हुदै फर्किएका छन् ।
चलचित्र ‘छक्कापञ्जा’ नेपाली चलचित्रमध्ये उच्चकमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा शुक्रबार लागेको छ भने शनिवार पनि दर्शकहरुले हेर्न पाउनेछन्छक्कापञ्जा चलचित्र आज ११ नोभेम्बरमा युएईको दुबइ, अबुधाबी, अजमान, रसअलखेमा, फुजेराह लगायत ठाउँका विभिन्न सिनेमा हलमा प्रदर्शन भएकाे थियाे । युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा यश अघि अक्टोबर १४ मा नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक नेपाली दर्शकहरुले हेर्न पाएका थिए ।युएईमा वैधानिक रुपमा प्रदर्शन भएको पहिलो र दोस्रो चलचित्रले पाएको सफलतासँगै अाफु उत्साहित बनेकाे वितरक सालिक सुवेदिले जानकारि दिनुभएकाे छ ।
चलचित्रलाई कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईमा रहेका नेपाली माझ चलचित्र पर्दशनमा ल्याएकाे हाे । बैदेशिक राेजगारिकाे लागि करिव पाँच लाखकाे हाराहारिमा नेपालिहरु युएईमा कार्यरत छन ।देश बाहिर रहेर पनि अाफ्नाे भाषाकाे चलचित्र हेर्न पाउँदा अाफुहरु निकै खुसि रहेकाे नवलपरासि भुमहिका माधव न्याैपानेले हामिसग खुसि व्यक्त गर्नुभयो । अधिकाश हलहरुमा शनिवारकाे लागि पनि टिकट अग्रिम वुकिङ्ग भै सकेकाे छ । यसकाे साथै नेपाली चलचित्रकाे व्यापार खाडिमुलुकमा समेत विस्तार भएको छ । दीपाश्री निरौलाद्वारा निर्दे्शित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेका छ । चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

