अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिन शनिबार दिउँसो करिब १ बजे मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेका थिए।
घटनाको जानकारी भने राति करिब ९ बजे स्थानीयवासीले इलाका प्रहरी कार्यालय सन्तपुर–लक्ष्मिनियालाई दिएका थिए। सूचना प्राप्त हुनासाथ सई विनोद पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसअघि नै स्थानीयवासीले बालकको शव खोलाबाट बाहिर निकाली सुरक्षित राखेका थिए।
पछि प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। आइतबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

