बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
बारा । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
आइतबार बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइए पनि बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
मोटरसाइकलमा पछाडि सवार सोही स्थानका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी भने सामान्य घाइते भएका छन्। उनको हातमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुरबाट असई मोहम्मद हुसेन देवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्बन्धित समाचार
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

