Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, १६
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

टोकियो। दक्षिण पश्चिमी प्रिफेक्चर कुमामोतोका अधिकारीहरूका अनुसार मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या ३५ पुगेको छ। यद्यपि, ती सबै मृत्युहरू प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएका हुन् वा होइनन् भन्नेबारे उनीहरूले अझै पुष्टि गर्दैछन्। जीवितहरूको खोजी कार्य जारी छ र मृतकको संख्या अझ बढ्न सक्छ।

उक्त भूकम्पको म्याग्निच्युड ७।१ थियो भने जापानी मापन प्रणालीअनुसार यसको तीव्रता ७ ९उच्चतम स्तर० मापन गरिएको थियो। त्यसयता सयौं साना भूकम्पहरू गइसकेका छन्। करिब १० हजार जनसंख्या भएको हिकावा नगरमा १२० भन्दा बढी घर तथा अन्य भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

कुमामोतोका अधिकारीहरूका अनुसार भत्किएको ‘आयन सपिङ मल’ को भग्नावशेषमा फसेका मानिसहरूको खोजी कार्य अझै जारी छ। अधिकारीहरूका अनुसार, हालसम्म मलबाट १० जनालाई बाहिर निकालिएको छ। तीमध्ये चार जनाको मृत्यु भएको छ, एक जनाको अवस्था गम्भीर छ र पाँच जना घाइते भएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी कार्य जारी राखिरहेका छन । यसैबीच, हजारौं मानिसहरू बिजुली वा पानीको सुविधाबिना नै चर्को गर्मीको सामना गरिरहेका छन्।

भूकम्प पछि हजारौं घरमा विद्युत् र खानेपानीको आपूर्ति अवरुद्ध भएको छ। बिहीबार बिहानसम्म करिब २२ हजार ६७० घर तथा प्रतिष्ठानहरूमा विद्युत् सेवा उपलब्ध थिएन भने ८४ हजार भन्दा बढी घरपरिवारमा खानेपानी आपूर्ति अवरुद्ध भएको थियो। चर्को गर्मीका बीच मानिसहरूलाई राहत शिविरमा राखिएको छ र सरकारले त्यहाँ वातानुकूलित यन्त्रहरू तथा एसीको ब्यवस्था गरेको छ ।

यात्सुशिरो सहरस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी भत्किँदा ५ जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएको जापानी समाचार संस्थाहरूले जनाएका छन ।

naima expoTop Changing Nepal

युट्युब सट्स