• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • ८ घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • ९ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • ११ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १३ घण्टा 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १३ घण्टा 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १३ घण्टा 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १ दिन 

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

  • २. कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ३. एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

  • ४. सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ५. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

  • ७. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ८. अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने

  • ९. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

कांग्रेसमा गुट–उपगुट संस्थागत बन्दै

admin २०७३, मंसिर, ७

काठमाडौं ७ मंसिर । सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको महाधिवेशनपछि झनै गुट तथा उपगुटमा विभक्त भएका हुन् ।

कांग्रेसभित्रका गुटहरू नेपाल महिला संघको महाधिवेशन हुँदै तरुण दलको महाधिवेशनसम्म आइपुग्दा झनै संस्थागत हुँदै गएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रत्यक्ष देखिएका देउवा, पौडेल र सिटौला समूह नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा आइपुग्दा सतहमा देखिए भने पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर खड्का समूह पनि अस्तित्वमा देखिएको छ । कांग्रेस नेताहरू पछिल्लो समय नेतृत्वको गलत शैलीका कारण गुट–उपगुट संस्थागत हुँदै गएको बताउँछन् ।

‘लोकतान्त्रिक पार्टीभित्र गुट जन्मिनु स्वाभाविक हो, तर व्यवस्थापनमा नेतृत्व चुकेको छ । महाधिवेशनको म्यान्डेड ६०÷४० को राजनीति अन्त्य होस् भन्ने भए पनि नेतृत्व चुकेका कारण पार्टी कमजोर बन्दै गइरहेको छ,’ कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भन्छन् ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरुषोत्तम दाहाल पछिल्लो समय कांग्रेस पार्टीभन्दा पनि मोर्चामा परिणत हुँदै गएको निष्कर्ष सुनाउँछन् । कांग्रेसका लागि गुट महारोग भइसकेको र गुटभित्र पनि दुई÷चारजना पछि लगाएर उपगुट बनाउने प्रचलन बढ्दै गएकाले खराब प्रवृत्ति हावी भएको तथा यस्ता गलत कुरा नियन्त्रण नगर्दा पार्टी झनै कमजोर बन्दै गएको उनको बुझाइ छ । ‘नेपाली कांग्रेसभित्र सिद्धान्त र निष्ठा हराउँदै गएको छ, संस्कृति निर्माणमा नेतृत्वले ध्यान नदिएकाले नेतृत्वको कमजोरीमा गुट–उपगुट जन्मिएको हो, यसमा गुट जन्माउनेहरू पनि उत्तिकै जिम्मेवार छन्,’ दाहालले भने ।

राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका अर्का विश्लेषक जुगल भुर्तेल नीति समाजवादी तर व्यवहार व्यक्तिवादी हुँदै गएकाले कांग्रेसभित्र विभिन्न गुट÷उपगुट सिर्जना भएको बताउँछन् । भागबन्डाको अवस्था पुरानै निरन्तरता भएको बताउँदै भुर्तेलले निर्वाचनपछि हारेको समूहले जितेको समूहलाई स्वीकार गर्न नसक्नु र जितेको समूहले हारेका समूहलाई सही व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए ।

‘वर्तमान समयको राजनीतिक व्यवस्था नै विकृत छ, यसलाई सुधारिएको गुटतान्त्रिक संसदीय व्यवस्थाको संज्ञा दिए हुन्छ,’ उनले भने । एउटा सानो दल वा दुईचार नेता भएका दलले समेत समग्र राजनीतिमा प्रभाव स्थापित गर्न खोज्ने वर्तमान समानुपातिक निर्वाचन प्रणाली र उच्च नेतृत्वले मनोनीत गर्ने व्यवस्थालार्ई परिवर्तन नगरेसम्म जुनसुकै दलमा कांग्रेसकै जस्तो दुरावस्था देखा पर्दै जाने र त्यसले समग्र देशको राजनीतिमा नै प्रभाव पार्ने स्थिति देखा परेको भुर्तेलको निष्कर्ष छ ।

अहिले नेपाली कांग्रेसभित्र सभापति देउवा समूह मुख्य रूपमा पार्टीभित्र बलियो स्थितिमा रहेको बताइए पनि त्यसभित्र पनि थुप्रै उपगुट जन्मिएको छ । खुमबहादुर खड्काले देउवालाई काउन्टर दिन र आफ्नो प्रभावमा राखिराख्न छुट्टै उपगुट निर्माण गरेका छन् । सो समूहले देउवासँग निरन्तर बार्गेनिङको काम गर्दै आएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, वरिष्ठ नेता पौडेल समूहभित्र पनि प्रकाशमान सिंहको आफ्नै खेमा रहेको छ । पौडेल समूहमा कोइराला परिवारको पनि अर्कै खेमा रहेको छ भने अन्य पनि आधा दर्जन नेता आ–आफ्नै ढंगले उपगुट निर्माण गरिरहेका छन् । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.