• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

कांग्रेसमा गुट–उपगुट संस्थागत बन्दै

काठमाडौं ७ मंसिर । सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको महाधिवेशनपछि झनै गुट तथा उपगुटमा विभक्त भएका हुन् ।

कांग्रेसभित्रका गुटहरू नेपाल महिला संघको महाधिवेशन हुँदै तरुण दलको महाधिवेशनसम्म आइपुग्दा झनै संस्थागत हुँदै गएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रत्यक्ष देखिएका देउवा, पौडेल र सिटौला समूह नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा आइपुग्दा सतहमा देखिए भने पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर खड्का समूह पनि अस्तित्वमा देखिएको छ । कांग्रेस नेताहरू पछिल्लो समय नेतृत्वको गलत शैलीका कारण गुट–उपगुट संस्थागत हुँदै गएको बताउँछन् ।

‘लोकतान्त्रिक पार्टीभित्र गुट जन्मिनु स्वाभाविक हो, तर व्यवस्थापनमा नेतृत्व चुकेको छ । महाधिवेशनको म्यान्डेड ६०÷४० को राजनीति अन्त्य होस् भन्ने भए पनि नेतृत्व चुकेका कारण पार्टी कमजोर बन्दै गइरहेको छ,’ कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भन्छन् ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरुषोत्तम दाहाल पछिल्लो समय कांग्रेस पार्टीभन्दा पनि मोर्चामा परिणत हुँदै गएको निष्कर्ष सुनाउँछन् । कांग्रेसका लागि गुट महारोग भइसकेको र गुटभित्र पनि दुई÷चारजना पछि लगाएर उपगुट बनाउने प्रचलन बढ्दै गएकाले खराब प्रवृत्ति हावी भएको तथा यस्ता गलत कुरा नियन्त्रण नगर्दा पार्टी झनै कमजोर बन्दै गएको उनको बुझाइ छ । ‘नेपाली कांग्रेसभित्र सिद्धान्त र निष्ठा हराउँदै गएको छ, संस्कृति निर्माणमा नेतृत्वले ध्यान नदिएकाले नेतृत्वको कमजोरीमा गुट–उपगुट जन्मिएको हो, यसमा गुट जन्माउनेहरू पनि उत्तिकै जिम्मेवार छन्,’ दाहालले भने ।

राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका अर्का विश्लेषक जुगल भुर्तेल नीति समाजवादी तर व्यवहार व्यक्तिवादी हुँदै गएकाले कांग्रेसभित्र विभिन्न गुट÷उपगुट सिर्जना भएको बताउँछन् । भागबन्डाको अवस्था पुरानै निरन्तरता भएको बताउँदै भुर्तेलले निर्वाचनपछि हारेको समूहले जितेको समूहलाई स्वीकार गर्न नसक्नु र जितेको समूहले हारेका समूहलाई सही व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए ।

‘वर्तमान समयको राजनीतिक व्यवस्था नै विकृत छ, यसलाई सुधारिएको गुटतान्त्रिक संसदीय व्यवस्थाको संज्ञा दिए हुन्छ,’ उनले भने । एउटा सानो दल वा दुईचार नेता भएका दलले समेत समग्र राजनीतिमा प्रभाव स्थापित गर्न खोज्ने वर्तमान समानुपातिक निर्वाचन प्रणाली र उच्च नेतृत्वले मनोनीत गर्ने व्यवस्थालार्ई परिवर्तन नगरेसम्म जुनसुकै दलमा कांग्रेसकै जस्तो दुरावस्था देखा पर्दै जाने र त्यसले समग्र देशको राजनीतिमा नै प्रभाव पार्ने स्थिति देखा परेको भुर्तेलको निष्कर्ष छ ।

अहिले नेपाली कांग्रेसभित्र सभापति देउवा समूह मुख्य रूपमा पार्टीभित्र बलियो स्थितिमा रहेको बताइए पनि त्यसभित्र पनि थुप्रै उपगुट जन्मिएको छ । खुमबहादुर खड्काले देउवालाई काउन्टर दिन र आफ्नो प्रभावमा राखिराख्न छुट्टै उपगुट निर्माण गरेका छन् । सो समूहले देउवासँग निरन्तर बार्गेनिङको काम गर्दै आएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, वरिष्ठ नेता पौडेल समूहभित्र पनि प्रकाशमान सिंहको आफ्नै खेमा रहेको छ । पौडेल समूहमा कोइराला परिवारको पनि अर्कै खेमा रहेको छ भने अन्य पनि आधा दर्जन नेता आ–आफ्नै ढंगले उपगुट निर्माण गरिरहेका छन् । –राजधानी दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.