वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन्।
पक्राउ मध्ये सागरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र कृष्ण कुमारले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।
उनीहरू सम्पर्क बिहिन भए पछि दिइएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई टोखा नगरपालिका-१ बाट र कृष्ण कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको बताइएको छ ।
सम्बन्धित समाचार
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

