पल्सरको २५ वर्ष : नेपाली राइडरलाई आफ्नै कथा सुनाएर मोटरसाइकल जित्ने सुनौलो अवसर
काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने अवसरमा बजाज ग्लोबलले #MyPulsorStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ। अभियानमार्फत विश्वभरका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ।
नेपाल पनि यस अभियानको हिस्सा बनेको छ। पल्सर नेपालले नेपाली राइडरहरूलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना विश्वसामु उजागर गर्ने अवसर प्रदान गरेको जनाएको छ।
सहभागीहरूले भिडियो, संगीत, एआई आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यमबाट, जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानमा वास्तविक र मौलिक अनुभवलाई प्राथमिकता दिइनेछ भने उत्कृष्ट कथाहरूले ”25 Years of Daring the World” को भावनालाई प्रतिबिम्बित गरेको हुनुपर्नेछ। छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्।
अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरका उपहार प्राप्त गर्नेछन्। त्यस्तै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस४००जेड जित्ने अवसर पाउनेछन्। अभियान सुरु भइसकेको छ र २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ।
अभियानमा सहभागी हुन इच्छुक राइडरहरूले पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण सामाजिक सञ्जालमा #MyPulsorStory ह्यासट्यागसहित साझा गर्नुपर्ने जनाइएको छ। साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी २०२६ सेप्टेम्बर ४ भित्र सामग्री पेश गर्नुपर्ने कम्पनीले बताएको छ।
बजाजका अनुसार, यो अभियान मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने अवसर मात्र नभई पल्सरलाई आजको स्थानसम्म पुर्याउन योगदान दिएका राइडरहरूको साहस, समर्पण, उपलब्धि र अविस्मरणीय यात्राप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कम्पनीले राइडरहरूको वास्तविक अनुभवलाई विश्वसामु प्रस्तुत गर्दै उनीहरूको योगदानलाई सम्मान गर्न खोजेको जनाएको छ।
अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू एचएच बजाज नेपालको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


