२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
मेष राशि
गुरुजनको प्रेरणा र सहयोगले प्रतिष्ठा तथा मान सम्मान बढ्नेछ । आन्तरिक प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ । मेहनत दोहोर्याउनु परेपनि परिणाम लाभदायक रहनेछ । भौतिक सुखको चाहना भने केही बढ्न सक्छ ।
वृष राशि
उन्नति र प्रगतिका शुभ समाचारले मन प्रसन्न हुनेछ । प्राविधिक तथा व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक सहयोग प्राप्त हुने सम्भावना छ । चिकित्सा, औषधि, काठ वा फर्निचर व्यवसायमा लाभ मिल्ने योग छ ।
मिथुन राशि
व्यस्तता र खर्च बढ्ने दिन भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस् । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगानी वा नयाँ योजना अघि बढाउँदा राम्रोसँग सोचेर निर्णय गर्नु उचित हुनेछ ।
कर्कट राशि
नयाँ काम सुरु गर्न अनुकूल समय छ । अतिरिक्त आम्दानी वा बोनस प्राप्त हुन सक्छ । सकारात्मक सोचले सम्बन्ध सुधार हुनेछ । करार, सम्झौता वा प्रशासनिक काममा सफलता मिल्नेछ ।
सिंह राशि
व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ । नयाँ योजनामा अघि बढ्दा अनुभवको उपयोग गर्नुहोस् । परिवारमा सुख शान्ति रहनेछ । परिश्रमले करियरमा सकारात्मक उपलब्धि दिलाउनेछ ।
कन्या राशि
सामाजिक वा धार्मिक कार्यमा सक्रिय हुँदा सम्मान प्राप्त हुनेछ । भाग्यले साथ दिने भएकाले प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्ने सम्भावना छ । कार्यशैली सुधार्दा थप प्रगति हुनेछ ।
तुला राशि
वैचारिक मतभेद हुन सक्ने भएकाले धैर्य अपनाउनुहोस् । सरकारी वा प्रशासनिक काममा सावधानी आवश्यक छ । आवश्यक कागजात सुरक्षित राख्नुहोस् । आफ्नै मेहनतले काम सफल हुनेछ ।
वृश्चिक राशि
सफलताका लागि मेहनत आवश्यक पर्ने दिन हो । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । परिवारका भावना बुझेर अघि बढ्दा सम्बन्ध सुदृढ हुनेछ । कार्यक्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ ।
धनु राशि
अनावश्यक काममा समय खर्च नगर्नुहोस् । क्षमता प्रदर्शनबाट प्रतिष्ठा बढ्नेछ । स्वाभिमानका कारण विवाद हुन सक्ने भएकाले संयम अपनाउनुहोस् । पार्टनरसँग अनावश्यक शंका नगर्नु राम्रो हुनेछ ।
मकर राशि
नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । धैर्य र मेहनतले लक्ष्य पूरा हुनेछ । दीर्घकालीन लगानीबाट लाभ मिल्ने योग छ । परिवारबाट शुभ समाचार प्राप्त हुन सक्छ।
कुम्भ राशि
सानातिना अवरोध आएपनि काम सफल हुनेछ । घरबाट शुभ समाचार प्राप्त हुन सक्छ । व्यापारमा नयाँ अवसर देखिनेछ । अरूको आश्वासनभन्दा आफ्नै प्रयासमा भरोसा गर्नु राम्रो हुनेछ ।
मीन राशि
व्यावहारिक सोचले आर्थिक प्रगति गराउनेछ । धार्मिक वा सामाजिक कार्यमा संलग्न हुँदा सम्मान बढ्नेछ । सहकर्मीका कारण केही ढिलाइ भए पनि अन्ततस् काम सफल हुनेछ । साथीभाइसँग भेटघाट र व्यक्तिगत काम पूरा हुने योग छ ।
सम्बन्धित समाचार
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’

