नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ।
डोङफेङ (डोङफेङ मोटर कर्पोरेसन) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहनुका साथै यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (इभि), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको बताइएको छ।
कम्पनीका अनुसार, पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको जनाएको छ।
हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आउनुका साथै नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन्।
हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुप अन्तर्गत रहेको एमएएक्सयुएस कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ।
उक्त अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ।
यसको मूल्य तथा अन्य विस्तृत विवरण भने कम्पनीले अटो एक्सपोमै सार्वजनिक गर्ने जनाएको छ। यद्यपि, कम्पनीले अहिले नै घोषणा गरिसकेको छ कि एक्सपोमा सार्वजनिक गर्न लागिएका उक्त बसहरू नेपालमा हाल उपलब्ध अन्य कम्पनीका बसहरूको तुलनामा निकै किफायती मूल्यमा बजारमा ल्याइनेछन्। कम्पनीको यस्तो घोषणासँगै उक्त बसको मूल्य र विशेषताप्रति ग्राहक तथा व्यवसायीहरूमा कौतुहलता बढेको छ भने, एक्सपोमा बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुट तथा आकर्षक अफरसमेत उपलब्ध गराउने तयारी रहेको कम्पनीले जनाएको छ।
बिक्रीपछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्सको सहज उपलब्धताका लागि हिमालय अर्गनाइजेसनअन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालभर रहेका आफ्ना शाखा तथा अधिकृत डिलरहरूमार्फत सेवा उपलब्ध गराउने जानकारी दिएका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

