Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

हास्य टेलिसिरियल “पुर्पुरो”को फरक प्रस्तुति नै दर्शकको पहिलो रोजाइ -कुशलव

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १०
हास्य टेलिसिरियल “पुर्पुरो”को फरक प्रस्तुति नै दर्शकको पहिलो रोजाइ -कुशलव

पोखरा,

हास्य टेलिसिरियल “पुर्पुरो” मा फरक प्रस्तुति भएकै कारण छोटो समयमा नै  दर्शकहरूको पहिलो रोजाइ बन्दै गैरहेको दावि “पुर्पुरो”का निर्देशक कुशलव केसिको छ ।  कुशलव केसी र सुरेश थापा को निर्देशन रहेको ” पुर्पुरो “का निर्माता रवि केसी  रहेका  छन । यस हास्य  टेलिसिरियलमा चर्चित कलाकारहरू कुशलव केसी ‘मितज्यू’ ,सुरेश थापा ‘दर्शने’ , अनिता दंगाल ,लक्ष्मण ढुङ्गाना , नेत्र रावत , अशोक श्रेष्ठ, प्रिती केसी, कबिता पैजा श्री कुमार गाैतम   लगायतका कलाकारहरूको भुमिका रहको छ पुर्पुरोमा गित तथा संगित भने खोजि प्रतिभाको बाट संगित क्षेत्रमा प्रवेश गरेका चर्चित गायक सिडी विजय  अधिकारीको रहेको छ । क्यामरमा प्रेम थापा रहेका हास्य टेलिसिरियल ” पुर्पुरो ” निकै नै चर्चित बनेको अनुमान गरिएको छ ।

काठमान्डाै उपत्यका बाहिर बाट पनि उत्कृष्ट नेपालि हास्य टेलिसिरियल प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण पोखरामा केन्द्रित भएर देशै भर मनोरञ्जन प्रदान गरिरहेका हास्य टेलिसिरियल “पुर्पुरो” का निर्माता तथा कलाकारहरूले प्रमाणित गरेका छन ।छोटो समयमा पनि यूट्युव लगायत मध्य पश्चिमका टेलिभिजन च्यानलहरूमा पुर्पुरोका एपिसोड हरू हेर्न सकिने बताइएको छ।

यस्तो छ  पुर्पुरो

 

[su_youtube url=”https://youtu.be/p9lkzt5GhUQ” width=”920″ height=”940″]

 

naima expoTop Changing Nepal

युट्युब सट्स