नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले २५० सीसी सेग्मेन्टको यो नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको जनाएको छ ।
मंगलबारबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पो २०२६ को अवसर पारेर इटालियन प्रिमियम मोटरसाइकल मोर्बिडेलीलाई प्रर्दशनीमा समेत राखेको छ। कम्पनीले मोर्बिडेली टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ। यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो। नयाँ मोडलको आगमनसँगै कम्पनीले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने अपेक्षा गरेको बताएको छ।

यसअघि नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टअन्तर्गत टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर बिक्री हुँदै आएका छन्। टी २५० एक्सलाई कम्पनीले सोही लाइनअपमा इन्ट्रि–लेभल एड्भेन्चर मोटरसाइकलका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
कम्पनीका अनुसार, टी २५० एक्समा २४९.४ सीसी सिंगल सिलिन्डर, फोर–भल्भ, एयर–कुल्ड ईएफआई इन्जिन जडान गरिनुका साथै उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा अधिकतम २२.४ हर्सपावर र ६ हजार आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ र यसमा ६–स्पिड गियरबक्स रहेको छ भने मोटरसाइकलको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको छ।

मोटरसाइकलमा १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल, लङ–ट्राभल यूएसडी फ्रन्ट फोर्क तथा रियर प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ। त्यसैगरी स्पोक ह्वील, डिस्क ब्रेक र डुअल–पर्पस टायरले सडक तथा अफरोड दुवै अवस्थामा स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
१५४ किलोग्राम तौल रहेको टी २५० एक्समा २२० एमएम ग्राउण्ड क्लियरेन्स, ८२० एमएम सिट हाइट र ११.७ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ भने यसले नेपाली सडक तथा अफरोड यात्राका लागि आवश्यक उच्च ग्राउण्ड क्लियरेन्स र पर्याप्त राइडिङ क्षमता प्रदान गर्ने कम्पनीको विश्वास छ।

एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइएको टी २५० एक्सले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको बताइएको छ । मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
बैद्यज अर्गनाइजेशनका अनुसार टी २५० एक्सले नेपाली बजारमा किफायती मूल्यमा एड्भेन्चर मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गरेको बताएको छ। कम्पनीका अनुसार, नयाँ मोडलमार्फत मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टलाई थप फराकिलो बनाउँदै नेपाली युवा तथा एड्भेन्चर राइडरमाझ ब्राण्डको पहुँच विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ।
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



