Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, २८
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार एक्स्पोका क्रममा नयाँ गाडी खरिद गर्ने ग्राहकले गाडी कर्जाको ब्याजमा लाग्ने प्रिमियम दर र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन् । गाडी खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको कृषि विकास बैंकको शाखामा पुगेर आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। आवश्यक कागजात पूरा गरेपछि बैंकले कर्जा स्वीकृतिपत्र तत्काल उपलब्ध गराउने बताएको छ ।

बैंकले यो योजनाबाट एक्स्पोमा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई सहज र छिटो कर्जा सुविधा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स