रामेछापको चौरीखर्क आसपास केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प, काठमाडौं पनि हल्लियो
जानकारी केन्द्र
२०७३, मंसिर, १३
काठमाडौं, १३ मंसिर ।
काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। रामेछाप र सोलखुम्बुको सीमाना चौरीखर्क आसपास आसपासलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं सहित मुलुकको पूर्वी तथा मध्य भागमा राम्रो गरी महशुश भएको हो । काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

