साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
काठमाडौं। मनसुनले गर्मीबाट राहत त दिन्छ तर यसले विभिन्न समस्याहरू पनि लिएर आउँछ।
विशेष गरी यस मौसममा साना कीराहरूले निम्त्याउने हैरानी निकै बढ्छ। साँझपख बत्ती बाल्ने बित्तिकै उड्ने कीराहरू तिनको वरिपरि झुम्मिन थाल्छन्। लामखुट्टे, भुसुना र अन्य कीराहरू प्रायः घरभित्र पस्छन्, यसले घरमा फोहोर त बढाउँछ नै, साथै स्वास्थ्य जोखिम पनि निम्त्याउँछ किनभने यिनीहरू खानेकुरा तथा पेय पदार्थमा बसेर रोग फैलाउन सक्छन्।
खुसीको कुरा के हो भने केही सरल उपायहरू अपनाएर तपाईं आफ्नो घरमा यी कीराहरूको प्रवेशले निम्त्याउने हैरानी कम गर्न सक्नुहुन्छ। यहाँ हामी तपाईंसँग त्यस्तै दुईवटा उपायहरू साझा गर्दैछौं। आउनुहोस्, तिनका बारेमा जानकारी लिऔं।
सुझाव १ः उपयुक्त बत्ती जडान गर्नुहोस्
उड्ने खालका कीराहरू प्रायः राति बत्तीतर्फ छिट्टै आकर्षित हुन्छन् र चम्किलो सेतो प्रकाशको वरिपरि झुम्मिने गर्छन्। त्यसैले, आफ्नो बार्दली, ढोका नजिक वा बगैँचामा कम अल्ट्राभायोलेट उत्सर्जन गर्ने एलएडी बत्तीहरू जडान गर्नु उपयुक्त हुन्छ। केही विशेष प्रकारका युभी बत्तीहरूले यस्तो प्रकाश दिन्छन् जसले कीराहरूलाई कम आकर्षित गर्छ । यदि तपाईंले आफ्नो बाहिरी बत्तीको वरिपरि धेरै संख्यामा कीराहरू जम्मा भएको देख्नुभयो भने तिनको सट्टा ‘वार्म’ अर्थात पहेँलो आभा भएको एलएडी बत्ती प्रयोग गर्ने विचार गर्नुहोस्।
नम्बर २ः प्राकृतिक रूपमा कीरा भगाउने उपायहरूको प्रयोग
केही प्राकृतिक पदार्थहरूबाट निस्कने गन्धले कीराहरूलाई टाढा भगाउँछ। उदाहरणका लागि, ल्याभेन्डर, पेपरमिन्ट, सिट्रोनेला र युक्यालिप्टसजस्ता तेलहरूको कडा सुगन्धले प्राकृतिक रूपमा कीरा भगाउने काम गर्छ। तपाईंले आफ्नो घरका ती ठाउँहरूमा यी तेलहरू छर्कन सक्नुहुन्छ, जहाँ कीराहरू प्रायः देखा पर्छन्।
यसबाहेक, तपाईं आफ्नो बार्दली वा बगैँचामा तुलसी, रोजमेरी र लेमनग्रासजस्ता बिरुवाहरू पनि रोप्न सक्नुहुन्छ। यी बिरुवाहरूको सुगन्धले कीराहरूलाई टाढा राख्न मद्दत गर्न सक्छ।
यी कुराहरू पनि ध्यानमा राख्नुहोस्ः
यी दुई उपायहरू अपनाएर तपाईं कीराको समस्यालाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ।
साथै, बत्तीका बल्ब र फिक्स्चरहरू अर्थात बत्ती जडान गरिएका भागहरूको वरिपरि धूलो र फोहोर जम्मा हुन नदिनुहोस्। बत्ती, झ्याल र वरपरका ठाउँहरू नियमित रूपमा सफा गर्नुहोस्। घर जति सफा हुन्छ, कीराहरू लुक्ने वा जम्मा हुने ठाउँहरू त्यति नै कम हुन्छन्।
मनसुनको समयमा पानीको व्यवस्थापनमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ। गमला मुनिको प्लेट, बाल्टिन, कुलर, पुराना भाँडाकुँडा वा अन्य कुनै पनि पात्रमा पानी जम्न नदिनु होस् किनकि जमेको पानी लामखुट्टेको प्रजनन स्थल बन्न सक्छ।
यसका साथै, झ्याल, ढोका, भित्ता वा छानोमा रहेका सानातिना प्वाल वा खाली ठाउँहरूलाई राम्ररी बन्द गर्नुहोस्।
यी उपायहरूले तपाईंको घर सफा राख्न र साँझको समयमा बत्ती वरिपरि झुम्मिने कीराहरूबाट हुने समस्यालाई उल्लेखनीय रूपमा कम गर्न मद्दत गर्नेछन्।
सम्बन्धित समाचार
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
सीजी माइक्रोवेभ ओभनबाट बनाउन सकिन्छ तिहारका यस्ता विशेष परिकारहरु
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
