स्पानिस ला लिगामा बार्सिलोना बराबरीमै रोकियो, ६ अंकले रियलको अग्रता
जानकारी केन्द्र
२०७३, मंसिर, १३
काठमाडौं, १३ मंसिर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलाना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । र, इएल क्लासिको अघिसम्म लिग लिडर रियल मड्रिड भन्दा ६ अंकले पछाडि रह्यो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदान एनोएटा स्टेडियममा भएको खेलमा सोसिडाडले ५३ औं मिनेटमा डा सिल्भाको गोलबाट अग्रता लिएको थियो । ६ मिनेटपछि नै लिओनल मेस्सीले बराबरी गोल फर्काए ।
तर, थप गोल गर्न बार्सिलोना असफल भएको छ । एनोइटा त्यो रंगशाला हो, जहाँ बार्सिलोनाले पछिल्लो ८ खेलमा जित हात पार्न सकेको छैन । बार्सिलोना १३ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । रियलको ३३ अंक छ भने तेस्रो स्थानमा रहेको सभिल्लाको २७ अंक नै छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

