२ हजार युवालाई रोजगारीको अवसर खुल्दै
रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र वन रक्षक, ४ सय १६ वन रक्षक र ७ सय ७७ गेमस्काउटको भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘नयाँ पाठ्यक्रम बनाएर एकीकृत परीक्षा प्रणालीबाट जतिसक्दो चाँडो रिक्त वन रक्षक र गेमस्काउट भर्ना गर्दैछौं,’ उनले भने ।
पाठ्यक्रम तयार भएपछि विज्ञापन आहवान गरिनेछ र लोक सेवा आयोगले पदपूर्तीका लागि परीक्षा लिनेछ ।
विभागअन्तर्गत १ हजार ८३ सशस्त्र वन रक्षक, २८ सय वन रक्षक र निकुञ्ज विभागअन्तर्गत ८ सय २४ गेमस्काउटको दरबन्दी छ । गत वर्ष मात्रै ४ सय ६१ गेमस्काउटको नयाँ दरबन्दी थपिएको हो । आर्थिक वर्ष २०६९/७० पछि वन रक्षक र गेमस्काउट भर्नाका लागि विज्ञापन हुन सकेको छैन । तराई तथा चुरे मधेसका जिल्लामा वन गस्ती र निकुञ्ज÷आरक्षको प्रभावकारी गस्ती हुन सकेको छैन ।
गस्ती नहुँदा जंगलको कोरक्षेत्रमा वनपैदावार र वन्यजन्तुको चोरी सिकार गर्ने समूह सक्रिय भएको पाइएको छ भने तस्करीका घटनासमेत बढेको देखिन्छ । ‘वन रक्षक र गेमस्काउट पदपूर्ति हुन सके भइरहेका तस्करी र सम्भावित चोरी तस्करी न्यून हुने अपेक्षा छ,’ उनले भने । कान्तिपुर दैनिकबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

