बैदेशिक रोजगारीको बिज्ञापन देखाई ठगी गर्ने पक्राउ
काठमाडौँ,
फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाई अवैध रुपमा रकम उठाई ठगी गर्ने काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने दोलखा मागपौवा–२ घर भएका ३० बर्षीय दावा योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
योञ्जनले विभिन्न दैनिक पत्रपत्रिकाहरुमा विभिन्न मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारी सम्बन्धी दिएको विज्ञापनहरुको फोटो खिची आफ्नो फेसबुक वालमा सम्पर्क नम्बरहरु सहित राखी सम्पर्कमा आएका पिडितहरु तिलक बहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्री समेत ७ जनालाई दुवईमा सेक्युरीटी गार्डमा फ्री भिषा, फ्री टिकेटमा जाने भए ५५ हजार रुपैयाँसम्म लाग्ने भनी आकर्षक तलवको प्रलोभन देखाई ३ लाख ३४ हजार लिई सम्पर्क विहिन भएका थिए ।
पीडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले योञ्जनलाई आइतबार काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट योञ्जन कुनै पनि मेनपावर कम्पनीसँग सम्बद्ध व्यक्ति नभएको र निजले ठगी गर्न विज्ञापनहरुको फोटो खिची सोही फोटोलाई इडीट गरी आफ्नो सम्पर्क नम्बरहरु राखी ठगी गर्ने गरेको खुल्न आएको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

