राष्ट्रिय विपदमा शंकर ग्रुपको ४ करोड सहयोग,२५ लाखका टार्पोलिन टेन्ट पनि वितरण
काठमाडौँ । राष्ट्रिय विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले रु.४ करोड सहयोग गरेको बताएको छ ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई रु.करोडको चेक हस्तान्तरण गरेका हुन् ।
ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि रु.२५ लाख बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराएको जनाएको छ ।
विपदमा ज्यान गुमाउनेप्रति श्रदाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले बेपत्ता नागरिकको सकुश उद्दारको कामना गरेको छ । त्यस्तैगरी शंकर ग्रुपले उद्धार तथा राहतमा खटिएका नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,स्वयंसेवक तथा सरकारी अधिकारप्रति आभार व्यक्त्त गरेको छ ।
राष्ट्रिय संकटको समयमा सरकार र नागरिकसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको भन्दै शंकर ग्रुपले आगामी दिनमापनि राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
