२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-
पेट सम्बन्धि विकार बढ्ने छ । साझको समयमा लामो दुरीको यात्रा नगर्नुहोला । आजको दिन धैर्य गरेर बस्नु होला, आर्थिक नोक्सान हुने योग छ । ईष्ट देउतालाई रातो फूल चढाउनु होला शुभ हुने छ ।
वृष राशि-
विस्तारै स्वास्यमा सुधार हुने छ । फुर्तिलोपना बढ्ने छ । विहानको समय निकै शुभ रहने छ । नयाँ कार्यको योजना बन्ने छ । आजको दिन आफ्नो बोली सुधार गर्नुहोला शुभ रहने छ ।
मिथुन राशि-
मन प्रसन्न रहने छ । अन्न तथा कृषि जन्य वस्तुबाट लाभ पाईने छ । अनावश्यक धन खर्च हुने योग छ । आजको दिन राम्रो होस भन्नका लागि कुकुर वा गाईलाई केही खानेकुरा दिनु होला ।
कर्कट राशि-
पैतृक सुख प्राप्त हुने छ । पदोन्नती हुने योग छ । आमासंगको सम्बन्ध सुमधुर रहने छ । आजको दिनमा सेतो चामल दान गर्नुहोला दिन शुभ रहने छ ।
सिंह राशि-
प्रेममा मिलन हुने छ । विहानको समय शारीरिक कष्टमा वित्ने छ भने बेलुका मानशिक कष्ट हुने छ । रोग वृद्धि हुने छ । साँझ पिपलमा पश्चिम मुख गरेर दियो बाल्नुहोला शुभ फल प्राप्त हुने छ ।
कन्या राशि-
नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । कतिपय झुठा आरोप लाग्ने अवसर छ । साँझको समयमा मन प्रसन्न रहने छ । आफुले काम गर्ने औजार वा मेसिन सफा राख्नुहोला शुभ फल प्राप्त हुने छ ।
तुला राशि-
अनावश्यक धन खर्च हुने छ । मध्य दिनमा यात्रा नगर्नुहोला । कालो वस्तुको प्रयोग नगर्नुहोला । साझँ नयाँ कामको योजना बन्ने छ । शत्रुबाट हानी हुने योग छ सावधान रहनुहोला ।
वृश्चिक राशि-
सन्तान सुखमा वृद्धि हुने छ । धन प्राप्त होला । वैदेशिक योगको अवसर हुने छ । दिनभरि जसो क्रोध बढ्ने छ । आज प्रसस्त पानी पिउनु होला र आफ्नो हातले अरुलाई पानी खुवाउनु होला शुभ हुने छ ।
धनु राशि-
अशुभ समाचार सुन्नुपर्ने योग छ । पतिपत्नी बिच मनमुटाव हुने छ । साथीभाईसंग सम्बन्ध पनि बिग्रन सक्ने योग छ । आज दिनभरि गुरुजन वा अग्रज व्यक्तिको आर्शिवाद लिनुहोला शुभ हुने छ ।
मकर राशि-
मन चन्चल रहने छ । भ्रमणको अवसर प्राप्त होला । बेलुकातिर केही सुभ समाचा सुनेर मन प्रसन्न रहला । आजको दिन गरिब वा मजदुरको सेवा गर्नुहोला शुभ फल प्राप्त हुने छ ।
कुम्भ राशि-
आजको दिन सुखमय बित्ने छ । बोलीमा प्रभाव रहने छ । सन्तानबाट सुख प्राप्त हुने छ । केही नयाँ योजना बनाउने समय छ । आज कालो वा निलो वस्तुको प्रयोग शुभ फलदायक हुने छ ।
मिन राशि-
व्यापारमा सोचेजस्तो फल प्राप्त हुने छैन । मन असन्तुष्ट रहला । विहान उत्साह बढेपछि दिउसोदेखि अल्छि बढ्ने छ । आज मन्दिरमा वा पुजास्थलमा गएर दियो बाल्नुहोस शुभ फल प्राप्त हुने छ ।
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
