भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग ,व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले ल्याएको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ।
सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट,कर्जा पुनर्सरचना तथा पुनर्तालिकीकरण,ब्याजमा सहुलियत ,थप कर्जा तथा बीमा दाबी भुक्तानी सहज बनाउने व्यवस्था गरेको बताइएको छ । नाडाले यी निर्णयले विपद बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिनुका साथै पुनः सञ्चालनको वातावरण बनाउन सहयोग पुग्ने जनाइएको छ।
बाढीका कारण पूर्णरुपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यवसायिक सवारीसाधन तथा ढुवानीका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठुलो राहत पुग्ने नाडाको भनाइ छ । क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत पनि पुनः स्थापनाका लागि महत्वपुर्ण रहेको नाडाले जनाएको छ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सरकारको कदम सकारात्मक रहेको बताउँदै निर्णयको शीघ्र,सरल र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । त्यस्तैगरी वास्तविक क्षतिको अध्ययन गरी आवश्यकता अनुसार दास्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन नाडाले सरकारसँग आग्रह गरेको बताइएको छ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
