नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ । इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकहरूका लागि नेपालमै निर्माण भइरहेको, यो मौलिक चलचित्रमा लगानीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका बताइएको छ । यो लगानीले नेपालमा चलचित्रको निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई सहयोग पुर्याउने एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ ।
इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सह–निर्माण गर्न स्थापित लस्ट इन मण्डला एलएलसीसँग मिलेर यस परियोजनामा काम गरिरहेको बताइएको छ । प्रस्तावित कारोबार सम्झौताअन्तर्गत, एनआइबिएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग रु. १० करोडसम्म लगानी गर्ने योजना बनाएको एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्ने र विश्व मानचित्रमा उभ्याउने उद्देश्य राखेको छ । उनले आफ्नै देशका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु अपरिहार्य रहेको, र यो साझेदारीले त्यसैलाई जोड दिएको बताएका छन् । साथै, चलचित्र ‘लस्ट इन मण्डला’ एक महत्वाकांक्षी र मौलिक परियोजना रहेको, जसको निर्माणमा देशभित्रैबाट हुने स्थानीय सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
यसअघि पनि कम्पनीले ‘लस्ट इन मण्डला’ लाई सहयोग गरेको एनआइएमबि एस क्यापिटलले जनाएको छ । जसअन्तर्गत क्यापिटलले यो परियोजनाको लागि कोष संकलनका पहलहरूमा साथ दिएको थियो भने क्युएफएक्समा एक विशेष समारोह आयोजना गर्दै आमन्त्रित सहभागी तथा लगानीकर्ताहरूलाई ‘लस्ट इन मण्डला’ औपचारिक रूपमा प्रस्तुत गरेको कम्पनीले उल्लेख गरेको छ ।
‘लस्ट इन मण्डला’ एउटा एनिमेटेड फेन्टासि एड्भेन्चर चलचित्र हो, जसको सिर्जना र निर्देशन किरण भक्त जोशीले गर्नुका साथै चलचित्रकी निर्माता भने दीपा चिपालु जोशी रहेकी जनाइएको छ । कम्पनीका अनुसार यो चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्पराहरू, पौराणिक कथाहरू र मनमोहक प्राकृतिक दृश्यहरूबाट प्रेरित छ भने नेपालका कथाहरूलाई विश्वसामु देखाउने दृष्टिकोणका साथ बनाइएको यस चलचित्रले विश्वस्तरीय एनिमेसन माध्यममा अपनत्व, मित्रता, करुणा र आत्म–अन्वेषणका विषयवस्तुहरूलाई उजागर गर्ने छ । चलचित्रको पटकथा(स्क्रिप्ट), ‘थोर’, ‘एक्स–मेनः फस्र्ट क्लास’, नेटफ्लिक्सको ‘जुरासिक वल्र्डः क्याम्प क्रेटासियस’ आदिमा काम गरिसकेका विख्यात पटकथा–लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन् ।
यस साझेदारीसँगै, एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र ‘लस्ट इन मण्डला’ को निर्माणमा निरन्तर सहयोग गर्ने र विश्वभरका दर्शकमाझ पुर्याउने सहयोग गर्ने लक्ष्य राखेका बताइएको छ ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
