नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ । इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकहरूका लागि नेपालमै निर्माण भइरहेको, यो मौलिक चलचित्रमा लगानीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका बताइएको छ । यो लगानीले नेपालमा चलचित्रको निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई सहयोग पुर्याउने एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ ।
इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सह–निर्माण गर्न स्थापित लस्ट इन मण्डला एलएलसीसँग मिलेर यस परियोजनामा काम गरिरहेको बताइएको छ । प्रस्तावित कारोबार सम्झौताअन्तर्गत, एनआइबिएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग रु. १० करोडसम्म लगानी गर्ने योजना बनाएको एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्ने र विश्व मानचित्रमा उभ्याउने उद्देश्य राखेको छ । उनले आफ्नै देशका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु अपरिहार्य रहेको, र यो साझेदारीले त्यसैलाई जोड दिएको बताएका छन् । साथै, चलचित्र ‘लस्ट इन मण्डला’ एक महत्वाकांक्षी र मौलिक परियोजना रहेको, जसको निर्माणमा देशभित्रैबाट हुने स्थानीय सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
यसअघि पनि कम्पनीले ‘लस्ट इन मण्डला’ लाई सहयोग गरेको एनआइएमबि एस क्यापिटलले जनाएको छ । जसअन्तर्गत क्यापिटलले यो परियोजनाको लागि कोष संकलनका पहलहरूमा साथ दिएको थियो भने क्युएफएक्समा एक विशेष समारोह आयोजना गर्दै आमन्त्रित सहभागी तथा लगानीकर्ताहरूलाई ‘लस्ट इन मण्डला’ औपचारिक रूपमा प्रस्तुत गरेको कम्पनीले उल्लेख गरेको छ ।
‘लस्ट इन मण्डला’ एउटा एनिमेटेड फेन्टासि एड्भेन्चर चलचित्र हो, जसको सिर्जना र निर्देशन किरण भक्त जोशीले गर्नुका साथै चलचित्रकी निर्माता भने दीपा चिपालु जोशी रहेकी जनाइएको छ । कम्पनीका अनुसार यो चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्पराहरू, पौराणिक कथाहरू र मनमोहक प्राकृतिक दृश्यहरूबाट प्रेरित छ भने नेपालका कथाहरूलाई विश्वसामु देखाउने दृष्टिकोणका साथ बनाइएको यस चलचित्रले विश्वस्तरीय एनिमेसन माध्यममा अपनत्व, मित्रता, करुणा र आत्म–अन्वेषणका विषयवस्तुहरूलाई उजागर गर्ने छ । चलचित्रको पटकथा(स्क्रिप्ट), ‘थोर’, ‘एक्स–मेनः फस्र्ट क्लास’, नेटफ्लिक्सको ‘जुरासिक वल्र्डः क्याम्प क्रेटासियस’ आदिमा काम गरिसकेका विख्यात पटकथा–लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन् ।
यस साझेदारीसँगै, एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र ‘लस्ट इन मण्डला’ को निर्माणमा निरन्तर सहयोग गर्ने र विश्वभरका दर्शकमाझ पुर्याउने सहयोग गर्ने लक्ष्य राखेका बताइएको छ ।
सम्बन्धित समाचार
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

