Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २६
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार

काठमाडौं । अगस्टमा आएको विनाशकारी बाढीले रसुवा लगायत देशका विभिन्न भागमा ठूलो क्षति पुर्‍याउँदै कैयौँ परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाउन बाध्य बनाएको छ।

विपत्ति पछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने, लगभग सबैथोक गुमाएका परिवारहरूसम्म सहयोग पुर्‍याउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार साथै यामाहा २-व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन्।

यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट रु. १५,००,००० योगदान गर्नुका साथै यामाहा डीभिशनको जेन-जी टिमले आफ्नै व्यक्तिगत बचतबाट रु.१५,००० सहयोग गरेको बताइएको छ।

सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेका जनाइएको छ । यो सामूहिक प्रयासले सहयोगको सबैभन्दा बढी आवश्यकता भएका मानिसहरूसम्म पुगेर उनीहरूलाई केही राहत र भरोसा प्रदान गर्न सकोस् भन्ने सम्पूर्ण यामाहा नेपाल परिवारको अपेक्षा छ।

पुनः स्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा, यामाहा नेपालका प्रभावित समुदायहरूसँग आफूले सक्ने हरेक तरिकाले र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ।

Top Changing Nepal

युट्युब सट्स