बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
काठमाडौं । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको जनाएको छ ।
बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन । यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै शाओमी नेपालले मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको जनाएको छ ।
उक्त सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नोतर्फबाट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको कम्पनीले बताएको छ ।
शाओमी नेपालले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै यस सहयोगबाट राहत तथा उद्धारका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
“नेपालसँगै, नेपालका लागि” भन्ने भावनासहित शाओमी नेपालले नेपाली समुदायको सुख–दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
