Jankari Kendra
३१ भाद्र २०८३, बुधबार
Worldlink

यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ३१
यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

काठमाडौं । यामाहा नेपालले यो दशैंलाई लक्षित गरी “चङ्गा चेट, जितको नयाँ अपग्रेड” नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ। यस मार्फत ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको जनाइएको छ। कम्पनीका अनुसार, नयाँ पुस्ताको प्रविधि, स्पोर्टी डिजाइन र उत्कृष्ट प्रदर्शनलाई एकसाथ प्रस्तुत गर्दै यामाहाले ग्राहकलाई यस पर्वमा दुईपांग्रे सवारीसाधनसँगै थप खुसी मनाउने अवसर प्रदान गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकले क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गरेर १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका पाउनेछन् भने खरिद गरेको सवारीसाधनको भेरिफिकेसन गरेपछि ग्राहकले १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउने बताइएको छ । यो यामाहाले ल्याएका अहिलेसम्मकै ठूला चाडपर्व लक्षित अफरमध्ये एक हुनुका साथै रजिस्ट्रेसन गरेका ग्राहकले हरेक हप्ता विभिन्न हाइटेक ग्याजेट जित्ने मौका पनि पाउनेछन्, जसले यस अभियान अवधिभर थप उत्साह थप्ने कम्पनीको विश्वास छ। अभियानको ग्रान्ड प्राइज अन्तर्गत एकजना भाग्यशाली विजेताले ब्राण्ड न्यू यामाहा आर १५ घर लैजान पाउने जनाइएको छ ।

चाडपर्वको समयमा सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले स्पट एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधा मार्फत ग्राहकले आफ्नो पुरानो सवारीसाधन तत्काल एक्सचेन्ज गर्न सक्नुका साथै एमएडब्लु हायर पर्चेज मार्फत इजी फाइनान्स सुविधा पनि उपलब्ध हुने बताइएको छ। ग्राहकले यामाहाको “लैजाऊ घर, नागरिकताको भरमा” योजना पनि लिन सक्नेछन्, जस अन्तर्गत नागरिकताको कागजात मात्र बुझाएर सवारीसाधन घर लैजान सकिने कम्पनीले जनाएको छ।

यस अभियानमा यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित सम्पूर्ण मोडल रेन्ज समेटिएको छ। यसले ग्राहकलाई यो दशैंमा आफ्नो आवश्यकता र रोजाइ अनुसार विभिन्न विकल्प छनोट गर्ने अवसर प्रदान गर्नेछ भने चाडपर्वको समयमा नेपाली ग्राहकका लागि उत्कृष्ट प्रदर्शन र सहज पहुँचलाई एकसाथ अघि बढाउने आफ्नो निरन्तरको प्रतिबद्धतालाई यो अभियानले प्रतिबिम्बित गर्ने यामाहाले जनाएको छ।

यसका अतिरिक्त, यामाहाले यस अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने घोषणा गरेको छ।

यस वर्षको “चङ्गा चेट, जितको नयाँ अपग्रेड” अभियान मार्फत यामाहाले ग्राहकका लागि चाडपर्वको अनुभवलाई अझै बढी लाभदायी र उत्साहजनक बनाउने लक्ष्य राख्नुका साथै नेपालमा विश्वासिलो दुईपांग्रे ब्रान्डका रूपमा आफ्नो स्थानलाई थप मजबुत बनाउने उद्देश्य पनि यामाहाको रहेको बताइएको छ । कम्पनीका अनुसार,अभियानका लागि हाल रजिस्ट्रेसन खुला रहेको छ भने यसमा यामाहाका आधिकारिक नियम तथा सर्तहरू लागू हुने छन्।

Top Changing Nepal

युट्युब सट्स