सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
काठमाडौँ । उपत्यकाका संघीय सडकमा देखिएका समस्या तथा सडक मर्मत सम्बन्धी गुनासो अब मोबाइल एपबाटै दर्ता गर्न सकिने भएको छ । सडक डिभिजन काठमाडौँले सडक सुझाव एप सञ्चालनमा ल्याएसँगैँ नागरिकले सडक सम्बन्धित निकायसम्म पठाउन सक्ने भएका छन् ।
एपमार्फत सडकमा देखिएको समस्या,मर्मतको आवश्यकता तथा अन्य सुझाव पठाउन सकिनेछ । ग्नासो दर्ता गरेपछि त्यसको अवस्था कहाँसम्म पुगेको भन्ने जानकारी एपबाटै हेर्न सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित समस्या समाधान भएपछि त्यसको जानकारी समेत प्रयोगकर्ताले एपमार्फत प्राप्त गर्न सक्नेछन् ।
हाल यो सेवा काठमाडौँ उपत्यकाभित्र संघीय सडकअन्तर्गत गर्ने करिब ४७२ किलोमिटर सडकमा लागू हुनेछ । संघीय सडकको जिम्मेवारीमा नपर्ने सडकको हकमा भने उक्त सडक कुन निकायअन्तर्गत पर्छ भन्ने जानकारी समेत नागरिकलाई उपलब्ध गराइनेछ ।
सडक सम्बन्धि समस्या छिटो पहिचान गरी समाधान गर्ने उद्धेश्यले सुरु गरिएको यो प्रणालीलाई थप विस्तार गर्ने तयारी भइरहेको छ । आगाम्री दुई साताभित्र ललितपुर र भक्तपुरलाई पनि प्रणलीमा जोड्ने योजना रहेको छ ।
तयसपछि क्रमशः देशका अन्य क्षेत्रमा समेत सडक सुझाव एप विस्तार गरी सडक सम्बन्धी गुनासो व्यवस्थापकलाई देशव्यापी बनाउने लक्ष्य राखिएको छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

