सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
काठमाडौँ । उपत्यकाका संघीय सडकमा देखिएका समस्या तथा सडक मर्मत सम्बन्धी गुनासो अब मोबाइल एपबाटै दर्ता गर्न सकिने भएको छ । सडक डिभिजन काठमाडौँले सडक सुझाव एप सञ्चालनमा ल्याएसँगैँ नागरिकले सडक सम्बन्धित निकायसम्म पठाउन सक्ने भएका छन् ।
एपमार्फत सडकमा देखिएको समस्या,मर्मतको आवश्यकता तथा अन्य सुझाव पठाउन सकिनेछ । ग्नासो दर्ता गरेपछि त्यसको अवस्था कहाँसम्म पुगेको भन्ने जानकारी एपबाटै हेर्न सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित समस्या समाधान भएपछि त्यसको जानकारी समेत प्रयोगकर्ताले एपमार्फत प्राप्त गर्न सक्नेछन् ।
हाल यो सेवा काठमाडौँ उपत्यकाभित्र संघीय सडकअन्तर्गत गर्ने करिब ४७२ किलोमिटर सडकमा लागू हुनेछ । संघीय सडकको जिम्मेवारीमा नपर्ने सडकको हकमा भने उक्त सडक कुन निकायअन्तर्गत पर्छ भन्ने जानकारी समेत नागरिकलाई उपलब्ध गराइनेछ ।
सडक सम्बन्धि समस्या छिटो पहिचान गरी समाधान गर्ने उद्धेश्यले सुरु गरिएको यो प्रणालीलाई थप विस्तार गर्ने तयारी भइरहेको छ । आगाम्री दुई साताभित्र ललितपुर र भक्तपुरलाई पनि प्रणलीमा जोड्ने योजना रहेको छ ।
तयसपछि क्रमशः देशका अन्य क्षेत्रमा समेत सडक सुझाव एप विस्तार गरी सडक सम्बन्धी गुनासो व्यवस्थापकलाई देशव्यापी बनाउने लक्ष्य राखिएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
