भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
काठमाडौँ । डेल्टा अटोकर्प प्रा।लि।, नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरकले दशैंको अवसरमा ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक खरिद लाभ प्राप्त गर्ने बताइएको छ। कम्पनीका अनुसार, योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्नुका साथै,ग्राहकले आफ्नो खरिदको माध्यमअनुसार थप लाभसमेत प्राप्त गर्न सक्नेछन्। नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन् भने आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट प्राप्त गर्ने जनाइएको छ। त्यसैगरी, फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि ० प्रतिशत सर्भिस चार्ज को व्यवस्था गरिएको बताइएको छ।
योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतो ले भने, “दशैं हाम्रो संस्कार, परम्परा र आपसी सद्भावसँग जोडिएको विशेष पर्व हो। दशैंमा दक्षिणा दिने परम्परालाई ग्राहकसँगको हाम्रो सम्बन्धसँग जोड्दै ‘दशैंको दक्षिणा’ योजना ल्याएका हौं। यस योजनामार्फत भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई उनीहरूको खरिदमा थप मूल्य र लाभ प्रदान गर्ने हाम्रो उद्देश्य हो। ग्राहकले नगद, एक्सचेन्ज वा फाइनान्समध्ये आफ्नो आवश्यकता र सुविधाअनुसार विकल्प छनोट गर्न सक्ने गरी योजना तयार गरिएको छ।”
‘दशैंको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडलहरू समावेश छन् भने ग्राहकहरूले डेल्टा अटोकर्पको आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल, योजना तथा लागू हुने लाभबारे विस्तृत जानकारी लिन सक्ने बताइएको छ।
दशैंको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनाले नयाँ भेस्पा वा अप्रिलिया खरिद गर्ने ग्राहकलाई आफ्नो आवश्यकता तथा खरिदको माध्यमअनुसार विभिन्न लाभ छनोट गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।
यो योजना दशैंको अवसरमा सीमित अवधिका लागि लागू हुनेछ भने योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक भेस्पा तथा अप्रिलिया डिलरशिपमा सम्पर्क गर्न सक्ने बताइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
