जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
काठमाडौं। हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।
उनीहरूलाई ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरिएको थियो भने जहाँ जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको प्रयासको व्यक्तिगत रूपमा प्रशंसा गरे। जेसीबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिनहरू प्रयोग गरी राउत र अधिकारीले त्रिशूली ३ ए साइटमा लगातार धेरै दिन कामगरेका थिए, जसका कारण त्यहाँ फसेका दुई व्यक्तिको जिवितै उद्धार सम्भव भएको जनाइएको छ।

आफ्नो मन्तव्यमा जेसीबी इन्डियाका सीईओले यसलाई ‘नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथाू’ भनी उल्लेख गरे र यति ठूलो साहसिक कार्य गरे पनि दुवै जना ‘अत्यन्तै सरल र विनम्र रहेको’ बताए।
कम्पनीका अनुसार,जेसीबी वाउ सर्भिस गाडीहरूमार्फत एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत र पुनर्निर्माण कार्यमा खटिएका जेसीबी मेसिनहरूलाई समेट्ने गरी ‘जेसीबी विपद् राहत विशेष निःशुल्क सर्भिस क्याम्प’ सञ्चालन गरिरहेको छ। साथै, कम्पनीले जोखिमपूर्ण परिस्थितिमा उद्धार र पुनर्निर्माणमा खटिएका मेसिनका अपरेटरहरूलाई सुरक्षा किट समेत वितरण गरेको जनाएको छ।

नेपाल निरन्तर पुनःस्थापना तथा पुनर्निर्माणको दिशामा अघि बढिरहेको अवस्थामा एमएडब्लू अर्थमुभर्स आफ्ना ग्राहक र अपरेटरहरूलाई सहयोग पुऱ्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको कम्पनीले बताएको छ।
एमएडब्लू अर्थमुभर्सको बारेमा
एमएडब्लू अर्थमुभर्स नेपालमा जेसीबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो। २३ वर्षभन्दा बढी समयदेखि बजारमा सेवा प्रदान गर्दै आएको यस कम्पनीका ३० भन्दा बढी शाखाहरू र २०० भन्दा बढी सर्भिस इन्जिनियरहरूले देशभरका १२,००० भन्दा धेरै ग्राहकलाई सेवा दिइरहेका छन्।
सम्बन्धित समाचार
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

