भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
काठमाडौं । यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा सोमबार देखि औपचारिक रूपमा सुरु भएको छ। असोज १० गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटनसँगै एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका कार्यक्रमहरू सुरु भएका छन्। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा भइरहेको मेला ६ दिनसम्म चल्ने जनाइएको छ ।
यामाहाका अनुसार,उद्घाटन कार्यक्रममा डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहाप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो भने उद्घाटनपछि आगन्तुकहरूले मेलास्थलमा प्रदर्शनीमा राखिएका यामाहाका अत्याधुनिक प्रविधियुक्त स्कुटर तथा मोटरसाइकलहरूको विस्तृत रेन्ज अवलोकन गर्न सक्नेछन्।
मेला अवधिभर ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्न सक्ने बताइएको छ । यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिएको छ,जसले प्रत्येक सवारीसाधनको अधिकतम मूल्यांकन सुनिश्चित गर्ने जनाइएको छ । कम्पनीका अनुसार,मेलामा “चंगा चेट” अभियानअन्तर्गत नयाँ यामाहामा अपग्रेड हुन प्रोत्साहन गर्नुका साथै योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक अफर पनि उपलब्ध छ।
सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराउनुका साथै ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहेको बताइएको छ । मेला अवधिभर आयोजना हुने विभिन्न गतिविधिमार्फत आगन्तुकहरूले हाइटेक ग्याजेटहरू जित्ने अवसरसमेत पाउने जनाइएको छ ।
उद्घाटन समारोहमा बोल्दै एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “ब्लू फेस्टको प्रत्येक संस्करणले नेपाली राइडरहरूका लागि एक्सचेन्ज र अपग्रेड किन महत्वपूर्ण हुन्छ भन्ने कुरा सम्झाउने गर्दछ। यो वर्ष “द बिगेस्ट एक्सचेन्ज मेला” मार्फत हामीले सवारीसाधनको मूल्यांकनदेखि फाइनान्सिङ र नयाँ यामाहा लिएर घर फर्किने क्षणसम्मको सम्पूर्ण प्रक्रियालाई सकेसम्म सहज र लाभदायक बनाउन चाहेका छौं।”
कम्पनीका अनुसार, खरिदको अनुभवसँगै मेलामा आगन्तुकका लागि टेस्ट राइडमा पुरस्कार जित्ने अवसर, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग मीट-एण्ड-ग्रीट सेसन प्रस्तुति पनि राखिएको छ भने ६ दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिज पनि उपलब्ध हुनेछन्।
“यामाहा ब्लू फेस्ट” काठमाडौंको भृकुटीमण्डपमा असोज १० गतेसम्म सञ्चालन हुने यामाहाले बताएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
