लाेकमानविरुद्ध ७ मुद्दा पेसीमा, आजबाट सुनुवाइ
काठमाडौं १६ मंसिर।
अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिलाई सदर गर्ने निर्णयमाथि परेको पुनरावेदन मुद्दामा बिहीबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनले प्रकाशित गरेको साप्ताहिक पेसी सूचीमा ७ वटा मुद्दा कार्की प्रकरणसँग सम्बन्धित छन् । कान्तिपुरबाट
सूचीअनुसार कार्कीको नियुक्ति र योग्यतासम्बन्धी फैसला पुनरावलोकनको माग गरिएका दुई मुद्दा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुनेछन् । न्यायालयको सम्पूर्ण कामकारबाही र प्रक्रिया नै प्रभावित पार्ने प्रयास गरेको भन्दै कार्कीमाथि न्यायिक निलम्बन र उनका सम्पूर्ण सुविधा खोस्नुपर्ने माग राखी दायर रिट निवेदन पनि पेसी सूचीमा छ ।
म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च प्रशासनले नै पेस गरेको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई, नासु भेषराज अर्याल र सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्रीमाथि पनि कारबाहीको प्रस्ताव गरिएको थियो । त्यसबाहेक कार्कीसहित ४ जनाविरुद्ध म्याद तामेलीमा गरेको अवरोध र लोकमान तथा कृषि विकास बैंकका अध्यक्ष प्रमोद कार्कीले वारेस राख्न दिएको निवेदन पनि साप्ताहिक पेसी सूचीमा छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको पूर्ण इजलासले लोकमानविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले दिएको निवेदनमा २०७१ भदौ ३१ गते ‘निस्सा हुने’ आदेश दिएको थियो । लोकमानमाथि उनको योग्यताको प्रश्न पुनरावलोकनको निवेदनमा समावेश छ ।
रायमाझी आयोगको प्रतिवेदन, सामान्य प्रशासन मन्त्रालयले उनीमाथि थालेको कारबाही, सरकार तथा अख्तियारले नै उनी सरकारी पदका लागि अयोग्य हुने भनी गरेको निर्णयलगायत आधारमा उनी अख्तियार प्रमुख हुन नसक्ने दाबी निवेदनमा छ । यसबाहेक २० वर्षे योग्यताको प्रश्न पनि निवेदनमा उठाइएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

