रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
काठमाडौं । जिली अटो समूहअन्तर्गतको विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार,यस अभियानअन्तर्गत रिडारा इकोन विद्युतीय पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहार तथा बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्।
अभियान अवधिभर रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए ४ प्रो पक्का उपहार प्राप्त गर्नुका साथै, एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसर पाउने जनाइएको छ।
चाडपर्वको यात्रालाई अझ सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले यो अभियान ल्याइएको कम्पनीको दाबी छ । दैनिक यात्रा, व्यावसायिक प्रयोग तथा साहसिक यात्राका लागि तयार गरिएको रिडारा इकोनमा आधुनिक विद्युतीय प्रविधि, उपयोगिता र भरपर्दो कार्यक्षमताको राम्रो संयोजन रहेको जनाइएको छ।
कम्पनीका अनुसार, नेपालका विभिन्न सडकमा सहज रूपमा चलाउन सकिने रिडारा इकोन चारपाङ्ग्रेमा २२५ मिलिमिटरको न्यूनतम जमिन दूरी, ४८५ न्यूटन–मिटरको अधिकतम घुमाउरो बल र १,२३५ किलोग्रामसम्मको भारवहन क्षमता रहनुका साथै यी विशेषताले यसलाई सहरी सडक, राजमार्ग, उकालो बाटो तथा कठिन भूभागमा समेत उपयोगी बनाउँछन्।
रिडारा इकोनमा सुरक्षा र टिकाउपनलाई पनि विशेष प्राथमिकता दिइएको छ भने यसमा ब्याट्री सुरक्षाका छ वटा प्रमुख प्रविधि तथा धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने आईपी ६८ स्तरको ब्याट्री प्याक उपलब्ध रहेको बताइएको छ। सिजी मोटर्सका अनुसार, फराकिलो क्याबिन, आकर्षक डिजाइन र उपयोगी सामान राख्ने स्थानले यसलाई व्यक्तिगत तथा व्यावसायिक दुवै आवश्यकताका लागि उपयुक्त बनाउँछ।
‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियानमार्फत रिडाराले चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकलाई विद्युतीय सवारीसँग नयाँ यात्रा र सम्भावना अनुभव गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको जनाइएको छ।
यो अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि लागू हुने सिजी मोटर्सले बताएको छ।
सम्बन्धित समाचार
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

