भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
काठमाडौँ । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ। यहि २०८३ असोज ९ गते विशेष कार्यक्रम बीच शोरुम उद्घाटन भएको बताइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले भने ” युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा हामी अत्यन्तै उत्साहित छौं। यस शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैं सेवा, सुविधा प्रदान गर्नेछ। ग्राहकवर्गको इच्छा र अपेक्षा पूरा गर्नु नै हाम्रो लक्ष्य रहेको र सोही अनुरुपको सेवा, सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।”
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको जनाएको छ।
धनगढी उप महानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.बाट अब नाडामा हालसालै लञ्च भएको नेपालकै पहिलो १७५ सिसीको, एकदमै पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहित आफ्नो चाहना अनुरुपको मोडल तथा कलरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्न सकिने कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
