इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ (बाइ नाउ, पे लेटर) सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्ने जनाइएको छ ।
यस सम्बन्धमा इसेवाको केन्द्रीय कार्यालयमा गत असोज ८ गते आयोजित एक कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ । इसेवाका अनुसार,साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रा.लिका तर्फबाट मनन तुलाधरले हस्ताक्षर गरे।
यस साझेदारीअन्तर्गत ग्राहकले पारमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत बीएनपीएल सुविधा लिन सक्ने बताइएको छ। रिलायन्स फाइनान्सले यस सुविधाअन्तर्गत वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउने जनाइएको छ ।
सहज डिजिटल प्रक्रियाका साथै किस्ताबन्दी सुविधा
यस सेवाअन्तर्गत ग्राहकहरूले विद्युतीय स्कुटर खरिदका लागि सहज र डिजिटल माध्यमबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरूले इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी बीएनपीएल सुविधा लिन सक्ने कम्पनीले बताएको छ।
यसअन्तर्गत रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ग्राहकहरूलाई ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा प्रदान गर्ने जनाइएको छ। ग्राहकहरूले अधिकतम ३६ महिनासम्मको सहज किस्ताबन्दीमा उक्त ऋण चुक्ता गर्न सक्नुका साथै यसले ग्राहकलाई एकैपटक ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने बताइएको छ ।
डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातलाई प्रोत्साहन
इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउँदै ग्राहकका दैनिक आवश्यकताहरू पूरा गर्न विभिन्न नवीन समाधानहरू विकास गर्दै आएको जनाइएको छ । बीएनपीएल सेवा पनि ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने यही प्रयासको निरन्तरता रहेको इसेवाले जनाएको छ ।
त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यस साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको निर्माणमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ ।
यस त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाहरूको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । इसेवाले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै नवीन डिजिटल समाधानहरू विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट सोर शट उपहार र भाग्यशाली ड्रको विशेष अफर
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

