नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा झरेको छ। लामो समयपछि नेप्से परिसूचक २६ सय जिन्दुमुनि ओर्लेको छ । यसअघि गत भदौ २९ गते नेप्से २६ सय विन्दुमुनि बन्द भएको थियो।
सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
१३ मध्ये तीन उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
मंगलबार चार अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा चार अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको एक करोड २६ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज घलेम्दी हाइड्रो कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको संस्थापक सेयर कारोबार भएको छ।
सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।
सम्बन्धित समाचार
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

