नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा झरेको छ। लामो समयपछि नेप्से परिसूचक २६ सय जिन्दुमुनि ओर्लेको छ । यसअघि गत भदौ २९ गते नेप्से २६ सय विन्दुमुनि बन्द भएको थियो।
सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
१३ मध्ये तीन उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
मंगलबार चार अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा चार अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको एक करोड २६ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज घलेम्दी हाइड्रो कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको संस्थापक सेयर कारोबार भएको छ।
सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
