Jankari Kendra
१५ आश्विन २०८३, बिहीबार
Worldlink

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १५
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौँ । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।

यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने जनाइएको छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रीप्सन प्राप्त गर्ने बताइएको छ।

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन् भने त्यसैगरी आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना नै उपभोग गर्न पाउने जनाइएको छ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने,“जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्सित छौँ। व्यवहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धता अनुरूप यो योजनाले देशैभर रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउनेछ। प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ।’’

Top Changing Nepal

युट्युब सट्स