केसि को स्वाश्थ भन्दा पद् ठुलो हैन भन्दै त्रि.वि.का डिनले राजिनामा दिए
काठमान्डाैं
आईओएमका नवनियुक्त डिन केपी सिंहले शुक्रवार राजिनामा दिएका छन् । डा गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पद नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् ।
डा केसी नियम विपरित आईओएममा डिन नियुक्त गरिएको भन्दै विगत २० दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रदो छ । डा केसीकै स्वास्थ्यलाई ध्यानमा राखेर आफूले राजिनामा दिएको डा सिंहले बताएका छन् । यसअघि त्रिवि उपकुलपति कार्यालयले ९ महिनापछि कात्तिक २८ गते मात्रै आइओएमको डिनमा प्रा डा. सिंहलार्इ नियुक्त गरेको थियो। डीन सर्च कमिटीले सिफारिस गरेका प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केशवप्रसाद सिंह र प्रा डा ज्योति शर्मामध्ये त्रिवि उपकुलपति कार्यालयले सिंहलार्इ अाइअोएमको डीनमा नियुक्त गरेको थियो।